सेती अस्पतालको एम्बुलेन्स मोटरसाइकलसँग ठोक्कियो

अत्तरिया- धनगढीस्थित सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स मोटरसाइकलसँग ठोक्किएको छ । बिहीवार बिहान सदूरपश्चिम प्रदेश ०१००१० प २५७२ नम्बरको मोटरसाइकल र बा१झ ८७९९ नम्बरको सेती अस्पतालको एम्बुलेन्स एकआपसमा ठोक्किएका हुन् ।

maya metro hospital

दुर्घटनामा मोटरसाइकल चालक मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २५ वर्षीय गणेश घर्तिमगर घाइते भएका ट्रफिक प्रहरी अत्तरियाले जनाएको छ । उनको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार अस्पतालको एम्बुलेन्स बिरामी बोकेर नेपालगन्ज जाँदै गर्दा बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना भएको हो । एम्बुलेन्ससहित चालक गोविन्दप्रसाद दाहाल इलाका प्रहरी कार्यालय बौनियाको नियन्त्रणमा छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.