समृद्दिका लागि संकल्प यात्रा सुरु गरिदै

अत्तरिया – नेकपा एमालले आज (बिहिबार) देखि सुदूरपश्चिमको झुलाघाटबाट ‘झुलाघाट चिवाभञ्ज्याङ’ समृद्दिका लागि संकल्प यात्रा सुरु गर्दैछ । बैतडीको झुलाघाटबाट सुरु गरिनी यात्राको उद्घाटन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार नै बैतडी पुगेका छन । मंगलबार साँझ बुद्ध एयरको जहाज मार्फत धनगढी पुगेका ओली बुधबार सडकमार्ग हुँदै बैतडी पुगेका थिए । बैतडी जाने क्रममा अत्तरियामा ओलीको स्वागत समेत गरिएको थियो ।

maya metro hospital

गोदावरी नगरकमिटीद्वारा आयोजित स्वागत कार्यक्रममा यस क्षेत्रका एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अत्तरिया चोकको पहाड रोडमा लामवद्ध एमालेका नेता कार्यकर्ताले धनगढीबाट बैतडी जाँदै गरेका ओलीको खादा र फूलमालाले स्वागत गरेका थिए । एमाले अध्यक्ष ओली सँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरु गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ लगायतका नेताहरू सहभागि छन ।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले अभियानको सबै तयारी पूरा भएको जानकारी दिएका छन । अध्यक्ष ओलीले बिहीबार बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको उद्घाटन गर्ने एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । उनले केन्द्रीय कार्यक्रम अनुसार संकल्प यात्राको उद्दघाटन बैतडीबाट हुने बताए ।

attariya hospital

झुलाघाटमा यात्राको उद्घाटनपछि बिहान ११ बजे गोठलापानीमा आमसभा हुने र आमसभालाई अध्यक्ष ओली सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै बझाङ जिल्लाका नेता कार्यकर्ताहरुको सहभागितामा बैतडीको खोड्पेमा बिहिबार नै सन्देश सभाको आयोजना गरिने बताइएको छ । गोठलापानीको आमसभापछि अध्यक्ष ओली सहितको टोली खोड्पे पुग्नेछ । बिहिबार साँझ अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा बस्ने कार्यक्रम रहेको उपसचिव भण्डारीले बताए ।

शुक्रबार डडेल्धुरामा सन्देश सभा र डोटीको दिपायलमा जनसभा गर्ने बताइएको छ । यस्तै मंसिर १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यपालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।

अभियानका क्रममा जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको छ । प्रत्येक जिल्लामा सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ  । विशेष अभियानका क्रममा केन्द्रीय नेतासहितको टोलीले सुदूरपश्चिम प्रदेशको तीन सय ५८ किलोमिटर यात्रा गर्नेछन् । १९ दिनमा सङ्कल्प यात्रा अन्त्य गरिनेछ । पुष ५ गते काठमाडौँमा संकल्प यात्राको सन्देश प्रवाह गर्ने बताइएको छ । यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी एमालेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.