कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–१ का सुनिल डगौरा, भीमदत्त नगरपालिका–१९ का अनिल डगौरा र सुनिल डगौरा रहेका छन् ।

maya metro hospital

उनीहरुलाई प्रहरीले भीमदत्त नगरपालिका–१८ सालघारीबाट पक्राउ गरेको हो । एक दशमलव ४९ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.