अत्तरिया- कैलालीमा बिबाहमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपलिका-९ घोराघाटका डिल्ली कोइरालाको बिबाहमा गएका घोडाघोडी नगरपालिका २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
बिबाहमा आएका अपरिचित व्यक्तिहरुले कुटपिट गरी घाइते बनाएका उनको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले घटनामा शंस्कास्पद सात जनालाई नियन्त्रणमा लिएको बताएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका९ घोराघाटका २३ वर्षीय विवेक भुल, २२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्की रहेका छन् ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)
कैलाली प्रहरीका अनुसार राति बिहेमा कुटपिट हुँदा घाइते भएका मोहनलाई उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएका उनलाई मेडिकल कलेजले फिर्ता गरेको थियो ।
त्यसपछि बिहान ७ः३५ बजे टिकापुर अस्पतालमा पुर्याइएका उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । शवलाई अहिले पोस्टमार्टमका लागि टिकापुर अस्पतालको लाश घरमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सातै जनालाई नियन्त्रणमा लिई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय लम्कीमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।