कैलालीमा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

धनगढी – कैलालीमा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

maya metro hospital

मंगलबार लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साईकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.