कैलालीमा स्कुटरले बसलाई ठक्कर दियो

धनगढी- कैलालीमा बस र स्कुटर ठोक्किएका छन् । गौरीगंगा नगरपालिका–८ मसुरीयामा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३०८९ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको से ५ ब १९१७ नम्बरको स्कुटरले पछाडिबाट ठक्कर दिएको हो ।

maya metro hospital

दुर्घटनामा गौरीगंगा–९ का स्कुटर चालक १५ वर्षीय सागर विक, गौरीगंगा–५ का १९ वर्षीय रमेश विक र सोही ठाउँका १९ वर्षीय महेश विक घाइते भएका प्रहरीले बताएको छ ।

घाइते तीनै जनाको धनगढीको केजी हस्पिटलमा उपचार भइरहेको र बस चालक यादवप्रसाद शाही र बससहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.