कञ्चनपुरमा पूर्व एआईजीपी र ठकुराठीद्धारा एक करोडको जग्गादान

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मझगाउँमा राम जानकी मन्दिर निर्माणका लागि दुई जनाले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । मन्दिरसँगै सार्वजनिक बहुउद्देश्यीय सभाहल, ज्येष्ठ नागरिक विश्राम स्थल, ज्ञानवृद्धि पुस्तकालय, ध्यानयोग तथा साधना केन्द्र, लागू औषध दुर्व्यसनी सुधार कक्ष, विवाह मण्डप र बाल उद्यान निर्माणका लागि ७ कठ्ठा जमिन दान गरेका छन ।

maya metro hospital

नेपाल प्रहरीका पूर्व एआईजीपी दिपेन्द्र विष्ट र स्थानीय शमशेर ठकुराठीले संयुक्त रुपमा उक्त जग्गा दान गरेका हुन् ।

यसैगरी मन्दिर निर्माणका लागि अमेरिकामा रहेका व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन् । कैलाली र कञ्चनपुरमा घर भई हाल अमेरिकामा बसोबास गर्नेहरुले ४ लाख बढी सहयोग गरेका छन् । शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुस्करबहादुर सिंहको पहलमा उक्त रकम संकलन भएको हो । संकलित रहम सोमबार मन्दिर निर्माण समितिका अध्यक्ष समेत रहेका विष्टलाई हस्तान्तरण गरियो ।

attariya hospital

यसैगरी मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.