बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडी– बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ३३ वर्षीय ललितप्रसाद जोशीको सोमबार सडक दुर्घटनामा परी दिल्लीमा मृत्यु भएको दशरथचन्द९ का वडाध्यक्ष मोहनदेव जोशीले बताए ।

maya metro hospital

उनी रोजगारीको सिलसिलामा विगत १२ वर्षदेखि दिल्लीमा थिए । उनी सवार साथीले चलाएको स्कुटर दुर्घटना हुँदा सडकमा गुडिरहेको ट्रकले किचेर उनको घटनास्थलमै मृत्यु भएको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.