डोटीमा एक युवक मृत फेला By अत्तरिया अनलाइन On मंसिर १२, २०८० अत्तरिया- डोटीमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ मा सोही ठाउँका ३० वर्षीय समिर भट्ट मृत फेला परेका हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।