बैतडी– बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । दशरथचन्द नगरपालिका –२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
सोमबार घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमण गरेको र उनको जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको स्थानीय कृष्णबहादुर बोहराले बताए ।
अरु गोठालाहरुले होहल्ला गरेपछि चितुवा भागेको बोहराले बताए ।