बैतडीको मेलौलीमा आज पनि बिदा

बैतडी– बैतडीको मेलौलीमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मेलौली नगरपालिका–१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको ‘देहीजात’को अवसरमा बिदा दिइएको हो ।

maya metro hospital

नगरपालिकाले हिजो पनि बिदा दिएको थियो । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेलौली भगवती मन्दिरमा जात्रा लाग्ने गर्दछ । हिजोदेखि सुरु भएको जात्रा आज राँगाको बलिसहित समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.