धनगढी- धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका-६ मट्यारीमा अन्दाजी ३३ वर्षीया महिलाको शव फेला परेका हो ।

विद्यार्थीहरुले शौचका लागि झाडीमा जाने क्रममा शव देखेका वडाध्यक्ष भागीराम चौधरीले बताए । घटनाबारे खबर पाएलगत्तै घटनास्थलमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।
