बैतडीका दुई पालिकामा आज सार्वजनिक बिदा

बैतडी- बैतडीका दुई पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । दशरथचन्द नगरपालिका र पुर्चौंडी नगरपालिकामा बिदा दिइएको हो ।

Karma Consultancy

जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा भइरहेसँगै पालिकाहरुले पनि जात्राका अवसरमा बिदा दिइरहेका हुन् । पुर्चौंडी नगरपालिका क्षेत्रभित्र भने भोलि पनि बिदा छ ।

citizen security services

दशरथचन्द नगरपालिकाले वडा नम्बर ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको हो ।

attariya hospital

यस्तै, पुर्चौंडी नगरपालिकाले राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलाखाना जात्राको अवसरमा आज र भोलि दुई दिन स्थानीय बिदा दिएको हो । यो जात्रामा भकुण्डो खेल्ने प्रचलन रही आएको छ भने देउडा कार्यक्रम पनि आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.