बैतडीका तीन पालिकामा आज बिदा

बैतडी– बैतडीका तीन पालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । पाटन नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

Karma Consultancy

पाटनका उपप्रमुख कमलसिंह बोहराका अनुसार वडा नम्बर २ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । त्यस्तै, शिवनाथ गाउँपालिकाले प्रसिद्ध शिवनाथ धामको जात्राको अवसरमा हिजो र आज दुई दिन सार्वजनिक बिदा दिएको छ ।

citizen security services

डिलाशैनी गाउँपालिकाले पनि वडा नम्बर ५ स्थित प्रसिद्ध कफलाशैनी भगवती मन्दिरको जात्राका अवसरमा बिदा दिएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.