धनगढीमा कृषक कार्डबिनै तरकारी बेच्न खोज्ने २ जना नगर प्रहरीको नियन्त्रणमा

धनगढी- उपमहानगरपालिकाको नगर प्रहरीले कृषक कार्डबिनै तरकारी बेच्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान धनगढी–१ स्थित त्रिनगर कृषि हाट बजारबाट नगर प्रहरीले कृषक कार्ड नभएका साहिल खान र सारुख खानलाई नियन्त्रणमा लिएको हो ।

Karma Consultancy

नगर प्रहरीका अनुसार गेटमा चेक गर्दा उनीहरुसँग कृषक कार्ड थिएन भने हाटबजारभित्र जबरजस्ती पसेका थिए । भित्र नगर प्रहरीले कार्ड माग्दा गालीगलौज गरी आफ्नो तरकारी आफै फाली नगर प्रहरीसँग झगडा गर्न आएकाले नियन्त्रणमा लिएको बताइएको छ ।

citizen security services

वास्तविक किसानले आफूहरुले उत्पादन गरेका उपजहरु बिक्री वितरण गर्न नपाएकाले सहजै उपभोक्तालाई बिक्री गर्न पाउन् भनी उपमहानगरले किसानहरूलाई कृषक कार्ड बनाउन भनेको थियो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.