विपिनको अवस्थाबारे दूतावास र परराष्ट्र मन्त्रालयको फरक–फरक सूचना

काठमाडौँ- प्यालेस्टाइनी अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको अवस्थाबारे सरकारका दुई निकायले सार्वजनिक गरेको सूचना परस्पर बाझिएका छन् ।

maya metro hospital

भीमदत्त नगरपालिका–३, कञ्चनपुरका जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो । उता इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गरेर जोशी अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ यसले लामो समयदेखि बेपत्ता उनको अवस्थाबारे झनै अन्यौल थपिएको छ ।

attariya hospital

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशीसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । उनीहरुले काम गर्ने कृषि फार्ममा हमासले आक्रमण गर्दा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन बेपत्ता छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.