बैतडी – बैतडीको पाटन नगरपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ । पाटन नगरपालिका – २ मा रहेको महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा पाटन नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

सोमबार नगर प्रमुख स्तरीय निर्णय अनुसार एक दिनका लागि सार्वजनिक विदा दिइएको नगरका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाद्धारा जारी सूचनामा उल्लेख छ ।

