धनगढी- कैलालीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ कौवापुर पिपलचौतारा नजिकै सोही ठाउँका २१ वर्षीय निसान थापामगरमाथि खुकुरी प्रहार भएको हो ।

उनीमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको समूह(ग्याङ) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । निसानको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने मयाल समूह फरार रहेको र खोजी भइरहेको प्रवक्ता चन्दले बताए ।
