बाजुरा – बाजुराका चेतन अयडीको सम्झनामा स्मृति सभा गरिने भएको छ । नेकपा एमाले बाजुराले विद्यार्थी नेता चेतन अयडीको सम्झनामा स्मृति सभा गर्ने भएको छ ।

पार्टी कार्यालय मार्तडीमा स्मृति सभा गर्न लागिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । संघ र प्रदेश सभाको निर्वाचनको दिन मंसिर ४ गते चेतन अयडीको सामुहीक आक्रमण गरि हत्या गरिएको दाबी सहीत मुद्दा चलिरहेको छ ।

त्रिवेणी नगरपालिका ७ को मतदान केन्द्रमा भएको कुटपीट पछि भागेर घरमा लुकेका अयडीलाई घर भित्रबाट निकालेर विभत्स हत्या गरिएको आरोप छ ।

सोमबार १ बजे पार्टी कार्यालयमा औपचारिक कार्यक्रम सहीत स्मृति सभा आयोजना गर्ने र श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम राखिएको पार्टी सचिव थापाले बताएका छन ।