कञ्चनपुरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

महेन्द्रनगर – पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

Karma Consultancy

जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म२प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका–९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो ।

citizen security services

सख्त घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

attariya hospital

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, सो बखत सोही दुर्घटनास्थलमा रहेको ट्र्याक्टर चालकलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

मतृकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.