कञ्चनपुर- कञ्चनपुरमा एक महिलामाथि चक्कु प्रहार भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरमा घर नजिकै ४८ वर्षीया जानकी देवी भण्डारीमाथि चक्कु प्रहार भएको हो ।

बाटोमा हिँडिरहेको बेला उनको पिठ्युँमा चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाले बताए । घाइते भण्डारीको धनगढीस्थित माया मेट्रो स्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार सोही ठाउँका ५५ वर्षीय मंगल बोहरा चक्कु प्रहार गरी फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।
