फाइनलमा भारतलाई पराजित गर्दै विश्वकप क्रिकेट २०२३ को उपाधी अस्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधी जितेको हो ।

टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा अलआउट हुँदा २४० रन बनाएको थियो । २४१ रनको विजय लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

अस्ट्रेलियाका लागि ट्राविस हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जसमा हेडले १३७ रन बनाए ।
