भूकम्प पीडितलाई गोदावरी नगरपालिकाको सहयोग

अत्तरिया – जाजरकोटका भूकम्प पीडितलाई कैलालीको गोदावरी नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय जाजरकोटको आपूर्ती समिति मार्फत भूकम्प पीडितलाई कपडा सहयोग गरेको हो ।

maya metro hospital

जसअन्तरगत ज्याकेट ९८ थान, जुत्ता ७६ जोरी, चप्पल ४२ जोरी, साडी १०५ थान, पाइन्ट ७८ थान, हाइनेक २५ थान, ट्राउजर ८० थान, छडी ६० थान, मोजा ७० जोरी, बच्चाको सेट कपडा ३१० थान, लेडिज कपडा १४० थान, झोला १९ थान र टिसर्ट ८० थान गरी ७ लाख बराबरको कपडा सहयोग गरिएको छ ।

joshi vada pasal 2

उक्त सामग्री सँगै नगरपालिका कार्यालयका तर्फबाट रु. १ लाख र नगरप्रमुख विरेन्द्र भट्टले व्यक्तिगत रुपमा आफ्नो २ महिनाको पारिश्रमिक भुकम्प प्रभावितहरुका लागि प्रदान गरेका छन ।

त्यसका साथै नेपाल नगरपालिका संघ सुदूरपश्चिमका तर्फबाट पनि सहयोग प्रदान गरिने र त्यसका लागि प्रदेशका विभिन्न पालिकाहरुबाट सहयोग संकलनको कार्य भैरहेको नगरप्रमुख विरेन्द्र भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.