डोटीमा देउसी भैलोबाट संकलित रकमले विपन्न महिलाको घर निर्माण

डोटी – तिहारमा देउसी भैलो खेलेको रकमले डोटीमा एक विपन्न महिलाको घर निर्माण गरिएको छ । जिल्लाको के आई सिंह गाउँपालिकाका युवाहरुले देउसी भैलो खेलको रकमबाट सोही पालिकाको वडा नं. ५ की खिमा टमटाको घर निर्माण गरिदिएका हुन ।

Karma Consultancy

आर्थिक रुपमा एकदमै विपन्न ५० वर्षिया खिमाको घर गत वर्ष असोजमा आएको अविरल वर्षाका कारण भत्किएको थियो । घर भत्किएपछि बिचल्लीमा परेकी उनको घर निर्माणमा युवाहरुले श्रमदान समेत गरेका थिए । देउसी भैलोबाट संकलित रकमसँगै आफुहरुले श्रमदान पनि गरेर घर निर्माण गरिदिएको युवा यज्ञ पार्कीले बताए ।

citizen security services

उनले आफुहरुले देउसी भैलोको रकम सँगै ५ दिन श्रमदान पनि गरेको र घरको छानोका लागि वडा कार्यालयले सहयोग गरेको बताए । वडा कार्यालयले खिमाको घर छाउनका लागि ९ हजार रुपैया बराबरका जस्तापाता सहयोग गरेको उनको भनाई छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.