आज छठको मुख्य दिन, सूर्यको पूजा आराधना गरी मनाइँदै

अत्तरिया – देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

Karma Consultancy

छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । कैलालीको धनगढीमा पनि छठको लागि मोहना नदी किनार सिँगारिएको छ ।

citizen security services

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.