धनगढीमा आगलागी हुँदा अस्पताल सहित पसल जले

धनगढी – धनगढीमा विद्युत सर्ट भएर आगलागी हुँदा अस्पताल सहित ८ वटा पसल जलेका छन । राती १ बजे भएको आगलागीबाट धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका ८ पसलमा क्षती भएको छ ।

Karma Consultancy

कैलालीका प्रमुख प्रहरी उपरीक्षक देबेन्द्र पालका अनुसार आगलागीबाट सारथी अस्पताल लगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।

citizen security services

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागी नियन्त्रणका धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोग लिइएको थियो ।
क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.