कञ्चनपुरमा ३० वर्षपछि फरार प्रतिवादी पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एक जना फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नम्बर ९ का धनबहादुर सुनार फैसलाको ३० वर्षपछि पक्राउ परेका हुन् ।

Karma Consultancy

जिल्ला अदालत, कञ्चनपुरले कुटपिट मुद्दामा उनलाई २०५० फागुन १५ गते ६ महिना कैद र २ हजार जरिबाना तोकेको थियो ।

citizen security services

लामो समयदेखि फरार रहेका उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले अदालतमा पेस गरेको थियो । अदालतले कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कञ्चनपुर पठाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.