खाेज्नुहाेस

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

Image

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधिका लागि घरेलु टिम भारत र अस्ट्रेलियाबीच भिडन्त हुने भएको छ।

navjiwan hospital

बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले भारतसँग आगामी आइतबार हुने फाइनलमा भेट पक्का गरेको हो। यसअघि भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएर फाइनलमा स्थान बनाएको थियो।

attariya hospital

बिहीबार दक्षिण अफ्रिकाले दिएको २१३ रनको सामान्य लक्ष्य भेट्टाउन अस्ट्रेलियालाई सजिलो भने भएन। अस्ट्रेलियाले यो लक्ष्य ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो।