धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ । गए राति उनकाे घरमा जडान गरिएका दुईवटा पानी तान्ने माेटर चाेरी भएकाे हाे ।

वडा नम्बर २ भारतसँग जाेडिएकाे क्षेत्र हाे । खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन् ।

‘यहाँबाट चोरी भएका सामान भारतीय बजारमा बिक्री गर्न सहज हुने भएकाले चोरी बढेकाे छ’, उनले भने ‘प्रहरीले सुरक्षा सतर्कता बढाउनुपर्ने देखिएकाे छ ।’