कञ्चनपुरबाट ४२ जुवाडे पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी रु तीन लाख पाँच हजारभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए ।

joshi vada pasal 2

जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट रु दुई लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट रु २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए । यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ ।

“हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सूक्ष्म रुपमा नियाली रहेका छौँ”, प्रहरी उपरीक्षक थापाले भने,“पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छौँँ ।” प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.