बैतडीको एक घरमा आगलागी

बैतडी – बैतडीमा एक घरमा आगलागी भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका – १ डाँडाकोटस्थित जयानन्द जोशीको घरमा आगलागी भएको हो । आईतबार राती साढे ९ बजेतिर भएको आगलागीबाट जोशीको घरमा रहेको अन्नपात, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Karma Consultancy

जोशीको दुइृ तले आठकोठे कच्ची घरमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता प्रहरी निरिक्षक खेमविक्रम केसीले जानकारी दिए ।

citizen security services

लक्ष्मीपूजाको राति लागेको आगो एकघण्टापछि नियन्त्रणमा लिइएको बताईएको छ । समयमै आगलागी नियन्त्रणमा आउँदा मानवीय र पशुचौपायामा क्षति हुन नपाएको प्रहरी निरीक्षक केसीले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.