खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले तीन जना क्रिकेट खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने

Image

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

navjiwan hospital

नेपाललाई टी–२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

attariya hospital

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रले भने थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरेका थिए । सुदूरपश्चिम सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ ।