अत्तरिया – तिहारमा सामाग्रीले रंगीचंगी बनेको अत्तरियाको फुटपाथ बजारमा किनमेल गर्नेको घुँइचो लागेको छ । अत्तरियाको महेन्द्रनगर रोडको फुटपाथमा व्यवसायीहरूले राखेका तिहारका पुजा सामग्री किन्नेको घुँइचो लागेको हो ।
विगतका वर्षहरू जस्तै यस वर्ष पनि आधिकांश भारतीय व्यवसायीहरूले अत्तरियाको फुटपाथमा तिहारका सामाग्रीका पसल राखेका छन । जसमा लक्ष्मीपूजामा प्रयोग हुने दियो, फोटो, रङ्ग, मिठाई, सजावटका सामाग्री रहेका छन ।
यस वर्ष नगरपालिकाले प्लास्टिक जन्य माला र सजावटका सामाग्रीमा रोक लगाएका कारण त्यस्ता सामाग्री भने छिटफुट बाहेक बजारमा देखिएका छैनन् ।