सनराईज युवा क्लवद्धारा अत्तरियामा सरसफाइ

अत्तरिया – सनराईज युवा क्लवले अत्तरियाको बासबारी टोलमा सरसफाइ गरेको छ । तिहारको अवसरमा क्लवले टोलमा सरसफाइ गरेको हो ।

Karma Consultancy

क्लवमा आवद्ध र स्थानीयलाई सहभागि गराएर टोलमा सरसफाइ गरिएको क्लवका उपाध्यक्ष राजेश विकले बताए । उनले टोलको मुख्य सडक र साखा सडकमा भएको फोहोर सफाइ गरिएको बताए ।
सरसफाइ कार्यक्रममा सरसफाइ प्रति जनचेतजा जगाउँन बिभिन्न सन्देश लेखिएका प्लेकार्ड समेत बोकिएको थियो ।

citizen security services

सफाइ अभियानमा सहभागिले ‘सफा रहौ स्वस्थ बनौ’, ‘वातावरण संरक्षण हाम्रो प्रतिबद्धता’, ‘नजाने फोहोर जाने मोहर’ लगायतका प्लेकार्ड बोकेका थिए ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.