कञ्चनपुरमा सहकारीबाट साढे पाँच लाख चोरी गर्ने दुइ जना पक्राउ

अत्तरिया – कञ्चनपुरको एक सहकारीबाट साढे पाँच लाख चोरी गर्ने २ जना पक्राउ परेका छन । कार्तिक २२ गते राती दोधारा चाँदनी नगरपालिका – २ मा रहेको चाँदनी कृषी सहकारी संस्था लिमिटेडबाट ५ लाख ५१ हजार ७१८ रुपैयाँ चोरी गरेको आरोपमा २ जना पक्राउ परेका हुन ।

Karma Consultancy
belauri nagarpalika

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका – १ का २६ वर्षिय को अमृत सार्की र भीमदत्त नगरपालिका – १२ ऐरी का २३ बर्षिय सुन्दर टमटा रहेको इलाका प्रहरी कार्यालय दोधरा चाँदनीले जनाएको छ ।
दुवैजनालाई शनिबार भीमदत्त नगरपालिका –४ मदनचोकबाट पक्राउ गरिएको थियो ।

citizen security services

पक्राउ परेका दुवै जनाको साथबाट नगद २ लाख ३ हजार ८८० फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.