अत्तरिया- कैलालीमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो ।

त्यस्तै, पटाका, अतिशवाजी जस्ता विस्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न भनिएको छ ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा झैझगडा होहल्ला गरी शान्ति सुरक्षामा असर पुर्याउने कार्य नगर्न पनि सूचनामार्फत भनिएको छ ।
