बैतडी– बैतडीमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक पक्राउ परेका हुन् ।

शुक्रबार दिउँसो बलात्कारको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक योगेश खत्रीले बताए । घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला बालिकामाथि बलात्कार भएको बताइएको छ ।

पीडित बालिकालाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।