आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बन

श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ। बोर्डलाई सरकारको हस्तक्षेपपछि आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो। भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघठन गरेको थियो।

maya metro hospital

आईसीसीको त्रैमासिक बैठक विश्वकपको दौरान आगामी १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुने छ। त्यसअघि आईसिसीका अधिकारीहरूले अनलाइन बैठक गर्दै बोर्डलाई निलम्बन गरेका हुन्।

joshi vada pasal 2

आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्याधिक हस्तक्षेप गरेको भन्दै कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप स्विकार नहुने बताएको छ। विश्वकपमा श्रीलंका अन्तिम खेलमा न्यूजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो।

१८ देखि २१ नोभेम्बरसम्म बस्ने बोर्ड बैठकले श्रीलंकन क्रिकेट बोर्डबारे थप निर्णय गर्ने छ। तर, निलम्बनपछि श्रीलंका क्रिकेटमा अहिले कुनै असर पर्ने देखिँदैन। किनभने टोलीले डिसेम्बरसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने कार्यतालिका छैन्।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.