अत्तरिया – कैलाली चेम्बर अफ कमर्सले जाजरकोटका भूकम्प पीडितका लागि १ लाख सहित खाद्यान्न सहयोग गरेको छ । चेम्बरका आवद्ध सदस्यहरुले संकलन गरेको १ लाख सहित ४० हजार बराबरको चामल भूकम्प पीडितका लागि सहयोग गरिएको हो ।

उक्त सहयोग रकम भूकम्प पीडितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरी जिल्ला प्रशासन कार्यालय कैलालीलाई भौचर हस्तान्तरण गरिएको च्याम्बरका कैलाली अध्यक्ष विनोद मल्लले बताएका छन । चामले भने जाजरकोट पठाइसकिएको उनले बताए ।
