मंसिर ९ गतेबाट लिटिल फ्लावर क्रिकेट प्रतियोगिता हुँदै

धनगढी- लिटिल फ्लावर प्रिमियर लिगको आठौँ संस्करण मंसिर ९ गतेबाट सुरु हुने भएको छ । शुक्रवार आयोजक लिटिल फ्लावर स्पोर्टस क्लवले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

Karma Consultancy

प्रतियोगिताका विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले १ लाख २८ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

citizen security services

सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र व्याटरले जनही सात हजार ५ सय र उदयमान खेलाडीले ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् ।

attariya hospital

प्रतियोगितामा काठमाडौँ, दाङ, रौतहट, कैलाली र कञ्चनपुरबाट १६ टिम सहभागी हुने बताइएको छ । प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.