धनगढी- धनगढी उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फालेपछि केही व्यवसायी र बैंकलाई जरिबाना गराएको छ ।

उपमहानगरको सरसफाइ शाखाका कर्मचारीले बैंक तथा व्यवसायीहरुले सडकमा जथाभावी बिलसहितको फोहोर फालेको पाएपछि जरिबाना गराएको हो ।

हिजो (बिहीवार) बिहान कार्यालय समयमा गएर केही बैंकहरू, क्याफे र मोबाइल पसललाई उपमहानगरको सरसफाइ शाखाले जरिबाना गराएको थियो ।
जरिबाना गरिएका व्यवसायी एवं बैंकहरुको नाम भने खुलाइएको छैन ।