अत्तरिया–धनगढी सडकमा लेन अनुशासन पालना नगरे कारवाही गरिने

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडकमा लेन अनुशासन पालना नगरे कारवाही गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोहना अत्तरिया ६ लेन सडक खण्डमा लेन अनुशासन पालना गर्न अनुरोध गर्दै त्यसो नगरिए कारवाही गरिने जनाएको हो ।

maya metro hospital

कार्यालयले बिहीबार यातायात प्रालि धनगढी र सेती महाकाली ट्रक व्यवसायी संघ, पेट्रोलियम संघ, विद्युतिय रिक्सा प्रालि धनगढीलाई आवश्यक कार्यान्वयन गर्न पत्र र फोटो पठाउँदै चालक तथा सवारी धनीलाई छ लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ ।

joshi vada pasal 2

प्रहरी निरीक्षक दिपक मल्लद्वारा हस्ताक्षरित पत्रमा मोहना अत्तरिया छ लेन सडक खण्डमा चालकले उक्त लेन अनुशासनको पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.