बैतडीमा झण्डै ९ लाख मूल्यका कपडा फेला

बैतडी- बैतडीमा प्रहरीले झण्डै ९ लाख मूल्यका कपडा फेला पारेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ८ लाख ९७ हजार ७५० मूल्य बराबरका भन्सार छलीका कपडा बेवारिसे अवस्थामा फेला पारेको हो ।

Karma Consultancy

बिहीबार जिल्लाको दशरथचन्द नगरपालिका-४ छेलाबाट रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बरामद सामान महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको प्रहरीले बताएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.