खाेज्नुहाेस

कञ्चनपुरमा प्लास्टिकजन्य फूलमाला विक्री वितरण नगर्न निर्देशन

Image

अत्तरिया – कञ्चनपुरमा प्लाष्टिकजन्य फूलगुच्छा, माला र ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुर उद्योग बाणिज्य संघलाई पत्राचार गर्दै प्लाष्टिकजन्य सामाग्री विक्री वितरण नगर्न निर्देशन दिएको हो ।

navjiwan hospital

प्लास्टिकजन्य सामाग्रीको प्रयोगले प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्याहरु देखिएको यस्ता सामाग्री विक्री वितरणमा रोक लगाइएको पत्रमा उल्लेख छ ।

attariya hospital

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले २०७९ साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको जानकारी पनि पत्र मार्फत दिइएको छ ।