बैतडी- बैतडीमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले बुधवार (हिजो) दीपावली तथा छठ पर्वको शुभकामनासहितको सूचना जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने जनाएको हो ।

चाडपर्वको समयमा विभिन्न अपराधिक क्रियाकलाप हुन सक्ने भएकाले संयमता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै, म्याद नाघेका सामग्री, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरुको विक्री वितरण नगर्न, जुवातास खेल्ने र खेलाउने कार्य नगर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गरेको पाइएमा कानुनअनुसार कारबाही हुने समेत सूचनामा उल्लेख छ ।