गोदावरी-१० द्वारा युवा तथा बालक्लबहरुलाई खेलकुद सामग्री वितरण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० ले युवा क्लब तथा बालक्लबहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । वडाले बिहिबार एक कार्यक्रमका बिच वडामा रहेका युवा क्लब र बालक्लबहरुलाई खेलकुद सामग्री वितरण गरेको हो ।

Karma Consultancy

वडामा रहेका ६ वटा युवा क्लब र २ वटा बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण गरिएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले जानकारी दिए । उनले युवा तथा बालबालिकाहरुको खेल क्षेत्रको विकासका लागि सामग्री प्रदान गरिएको बताए ।

citizen security services

‘अहिले विश्वका कतिपय देशहरु खेलकुदकै माध्यमबाट चिनिएका छन’ उनले भने ‘हाम्रो वडामा रहेका प्रतिभावान युवाहरुले पनि खेलकुदलाई आफ्नो प्यासनका रुपमा अगाडी बढाउन भन्ने हाम्रो चाहना छ, त्यसका लागि नै हामीले सामग्री सहयोग गरेका हौ ।’ उनले वडाका तर्फबाट प्रत्येक वर्ष युवा क्लब तथा बालक्लबहरुलाई खेलकुदका सामग्रीहरु वितरण गर्दै आईरहेको बताए ।

attariya hospital

वडाले खेलकुद सम्बन्धी कार्यक्रमका लागि छुट्याएको ४ लाख बजेटबाट सामग्री वितरण गरिएको वडा सचिव हिक्मत साउँदले बताए । उनका अनुसार वडाले भलिबल र नेटजाली, फुटबल, क्रिकेटका सम्पुर्ण सामग्री र व्याटमिन्टनका सामग्रीहरु वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.