बैतडी – बैतडीको झुलाघाट नाकामा तिहार लक्षित सुरक्षा कडाइ गरिएको छ । तिहारको समयमा भारतिय बजारबाट पटाका, अतिशबाजीजस्ता विस्फोटक सामग्री आयात हुन सक्ने भएकाले सीमामा सुरक्षा कडाइ थालिएको हो ।

भारतसँग सीमा जोडिएको नाका भएकाले सुरक्षामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । झुलाघाट नाकामा पारीपट्टीबाटै पनि कडाइ गरिएको छ । गएको महिना भारतीय बजारबाट सुरा र गन्धकसहित खरीद गरेर नेपाल ल्याउँदै गरेको अवस्थामा एक महिला पक्राउ परेपछि सीमा नाकामा कडाइ गरिएको छ ।

तिहारको समयमा पटाका, अतिशबाजी लगायतका वस्तुहरु जलाउँदा आगलागी हुन सक्ने, चोटपटक लाग्न सक्ने भएकाले त्यस्ता सामग्रीको प्रयोग नगर्न प्रहरीले सबैलाई आग्रह समेत गरेको छ ।