बैतडी- बैतडीमा एक किशोरी आफ्नै घरभित्र मृत फेला परेकी छन् । जिल्लाको मेलौली नगरपालिका–२ चमागाउँकी १६ वर्षीया विमला चन्द आफ्नै घरको सुत्ने कोठामा मृत फेला परेकी हुन् ।

बुधवार साँझ उनको शव फेला परेको र शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।