खाेज्नुहाेस

राहत बोकेर जाजरकोट हिँड्यो धनगढी उपमहानगरको टोली

Image

धनगढी- धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको टोली भूकम्प प्रभावितका लागि राहत सामग्री बोकेर जाजरकोट गएको छ ।

navjiwan hospital

बिहीबार नगर उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा कार्यपालिका सदस्यहरूको टोली जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितहरुका लागि राहत बोकेर गएको हो ।

attariya hospital

उपमहानगरले ६ लाख रुपैयाँ बराबरको एक सय क्विन्टल चामल पठाएको हो । २८औँ कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामग्री पठाउने निर्णय गरेको थियो ।

उपप्रमुखसहितको टोलीले सुर्खेत पुगेर कर्णाली प्रदेश सरकारलाई चामल हस्तान्तरण गरेर फर्कने छ ।