कैलालीका एक युवक बाटोमै लुटिए

कैलाली- कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका छन् । भारतबाट मजदुरी गरेर घर फर्किरहेका उनी बाटोमै लुटिएका हुन् ।

maya metro hospital

कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय रुपैयाँ र एक थान मोबाइल लुटेको उनले बताए ।

हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्धार गरेर बनबासासम्म पुगाएका थिए । मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.